फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

दार्चुला । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको हो ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एकरएक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २ सय १८ रन बनाएको थियो । टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?