रुसको सैन्य आक्रमणमा ४० जना सैनिकसहित युक्रेनी नागरिकको मृत्यु

दार्चुला । रुसको आक्रमणबाट आफ्ना ४० भन्दा बढी सैनिकको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले गरेका बम आक्रमण, मिसाइल र रकेट आक्रमणमा परेर ४० भन्दा बढी सैनिक र केही सर्वसाधारणको ज्यान गएको युक्रेनी राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्थलमार्ग हुँदै रुसका सेना युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेका युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसको आक्रमणको डरका कारण लाखौँ युक्रेनी सहर छाडेर भागिरहेका छन् ।

यसैबीच युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
यस्तै राष्ट्रपति जेलेन्स्कीले देशको रक्षाका लागि देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने पनि बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो ।

यसैबीच उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० ले रुसमा आक्रमणको तयारी गरेको छ । युक्रेनमाथि धावा बोलेर रुसले समग्र युरोपलाई नै अस्थिरतामा लैजान खोजेको भन्दै नाटोले रुसविरुद्ध आक्रमणको तयारी थालेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?