दार्चुला । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर २ बस्ने चालक दिपक ऐर रहेको डडेल्धुरा प्रहरीका सुचना अधिकारी राजेन्द्र चन्दले बताउनुभयो ।
उहाँका अनुसार घाईते हुनेमा असिम चौधरी रहेको बताएका छन् । उहाँको ठेगाना खुलेको छैन् । शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको थियो ।
सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। टिप्पर ब्याक गर्दा खसेको बुझिएको छ। टिप्पर ब्याक गर्दा खसेको बुझिएको छ। घाईते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था मध्यम रहेको छ । मृत्कको शवलाई पनि डडेल्धुरा अस्पतालमा राखीएको छ । केस निमार्ण कम्पनीको टिप्पर रानीधाराबाट खोलामा खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




