बझाङमा जिप दुर्घटना हुदा ४ जना घाइते

दार्चुला । बझाङमा जिप दुर्घटना भएको छ । मष्टा गाउँपालिकामा हिजो राती ८ बजे चैनपूरबाट मष्टा गाउपालिका गइरहेको सुपप्र ००१ ज १२१९ नम्बरको जिप मष्टा गाउपालिका वडा नम्बर २ बाडे गाउको तल्लो मोडमा जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन् ।

९ जना सबार रहेको उक्त जिप सडक बाट २५ मिटर तल खस्दा चालक गम्भिर घाइते भएको र अन्य ३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते हुनेमा मष्टा गाउपालिका ७ कि १८ बर्षिया कमला द्धाल , सोहि ठाउका ४५ बर्षिया गोरख द्धाल , अँग बहादुर बोहरा, जिप चालक शान्त बोहरा रहेका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ । जिप दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?