दार्चुला । डोटीमा इँटा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुकी जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ स्थित भित्रि सडकखण्डमा से २ त ९१०६ नम्बरको इँटा बोकेको ट्याक्टर दुर्घटना परेको हो ।

दुर्घटनामा परी आर्दश गाउँपालिका–३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रिफर गरिएको थियो ।

उहाँले डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?