नेपाली सेनाले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधी आयोजक गुरु गोरख गुल्मलाई

दार्चुला । नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको खलंगास्थित गुरु गोरख गुल्मले आयोजना गरेको मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक नेपाली सेनाले जितेको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलबिच फाइनल प्रतिस्पर्धा भएको थियो । सशस्त्र प्रहरी बलको टिमलाइ सोझो ३–० सेटमा हराउदै सेनाले उपाधी जितेको रेफ्री भोजराज जोशीले जानकारी दिनुभयो ।

मंगलबार (आज) विहान ११ बजेपछि फाइनल प्रतिस्पर्धा भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले मैत्रीपूर्ण खेल, सद्भाव र मेल, शत्रुताको नाश, मित्रताको बास भन्ने नारासहित पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । नेपाली सेनाको गुरु गोरख गुल्म परिसर भित्र सञ्चालित प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस्तै नेपाली सेनाले सेना दिवसको अवसरमा भुपू शैनीक र सहयोगी स्थानीयलाई सम्मानित गरेको छ । हरेक बर्ष शिवरात्रीको दिन सेना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

सायद ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?