भारतको बिहारमा विस्फोट हुँदा १० जनाको मृत्यु

दार्चुला। भारतको बिहार राज्यको भागलपुरमा भएको विस्फोटमा दश जनाको मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार बिहिबार राति भएको विष्फोटमा परेर दशजनाको मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अबैध रुपमा पटाका बनाउने बारुद र बारुदबाट बनेका अरु सामग्री विस्फोट हुँदा ३ वटा भवनमा क्षति पुगेको थियो । विस्फोटनमा परेर ९ जना घाइते भएका छन् । विस्फोटबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले पटका बनाउने दुई जनालाई नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका ती व्यक्ति दोषी हुन कि हैनन् भन्ने कुरा अनुसन्धानले मात्रै पत्ता लाग्ने प्रहरीको भनाई छ ।
एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?