धनगढी युवक हत्यामा संलग्‍नको आरोपमा बाजुराका दुईजना सार्वजनिक

दार्चुला । केही दिनअघि धनगढीमा एक युवकको हत्या गरेर फालिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमाफर्त सार्वजनिक गरेको हो।

कैलालीको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो।

​बुढाद्वयले मिलेर कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो।

बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो। गुप्ता भारतबाट धनगढी शिवपुरी धामनजिक डेरा गरेर बस्दै आएका थिए। घटना थाहा पाएलगत्तै प्रहरीले अनुसन्धान कार्य तीव्र पारेको थियो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?