दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अध्यक्षमा प्रेमराज भट्ट चयन भएका छन् । शुक्रबार दोगडाकेदार गाउँपालिका ३ श्रीकोट बहुमुखी क्याम्पसमा सम्पन्न १७ औं जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा सर्वसम्मत ३३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रामचन्द्र ओझा, महिला उपाध्यक्षमा आशा पाल, सचिवमा धनबहादुर महरा,कोषाध्यक्षमा परमानन्द भट्ट, सहसचिवमा कुन्धा साउँद, सहकोषाध्यक्षमा लालमति बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको सचिव धनबहादुर महराले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया