बझाङमा बहिनी बलात्कार आरोपमा सहोदर दाजु पक्राउ

दार्चुला । सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले बताएको छ।

आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाइ ५०० रुपैयाँ दिने लोभ देखाई बलात्कार गरेको र बलात्कारपछि पीडक भागेको उजुरीमा उल्लेख भएको डिएसपी विष्टले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?