मार्मामा १३० जना एमाले प्रवेश, विकासका लागि एमालेको विकल्प नरहेको नेता ठगुन्नाको भनाई

दार्चुला । नेकपा एमाले मार्मा गाउँपालिका कमिटीले आयोजना गरेको वृहत चुनावी आमसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्र्टी परित्याग गरि १३० जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । मार्मा गाउँपालिका वडा नम्बर १ बाट कम्मानसिह महराको नेतृत्वमा २५ जनाले नेकपा माओवादी केन्द्र परित्याग गरेको नेकपा एमाले जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभाग प्रमुख खडकसिह बडालले जानकारी दिनुभयो । विभिन्न वडाबाट गरी कांग्रेश र माओबादीका १३० कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको अगुवाईमा सबै स्थानीय तहमा वृहत चुनावी आमसभाको आयोजना भइरहेको छ । एमाले दार्चुलाका सचिव शेरसिंह धामीका अनुसार विहिबार शैल्यशिखर र शुक्रबार मार्मा गाउँपालिकामा आमसभा सम्पन्न भइसकेको छ । आइतबार अपिहिमाल गाउँपालिकामा आमसभा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सबै पालिकामा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज सांसद गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यमा वृहत चुनावी आमसभा आयोजना भइरहेको र उक्त कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु र पालिका कमिटीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । जिल्लाभरी एमालेको पक्षमा जनलहर देखिएको नेताहरुले बताएका छन् । बिहिबार शैल्यशिखरको चुनावी आमसभामा १६५ जनाले पार्टी प्रवेस गरेको र शुक्रबार मार्मामा १३० जनाले एमालेमा प्रवेस गरेको उहाँको भनाई छ ।

मार्माको लटिनाथमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै नेता ठगुन्नाले देश र जिल्लाको विकासमा नेकपा एमाले सवै भन्दा अग्रस्थानमा रहेको दावी गर्नुभयो । देशको विकास, समृद्धि, स्वाधिनता र अखण्डता लगायत मुद्धाहरुमा नेकपा एमालेसंग प्रतिस्पर्धा गर्न सक्ने शक्ति अरु कोहि नभएको उहाँको भनाई छ । समग्र दार्चुला र मार्माको विकासमा एमालेले अगुवाइ गरेको नेता ठगुन्नाको दाबी छ । मार्मा क्षेत्रको विकासका लागि पारिवगड गुल्जर सडक, लटिनाथ बजानी सडक र तपोवन मुरै सडकमा आफु मन्त्री हुँदा बजेट विनियोजन भएको ठगुन्नाले बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका ठगुन्नाले केपी ओली नेतृत्वको सरकारले जिल्लाको विकासको लागि थुप्रै क्षेत्रमा बजेट विनियोजन गरि कार्यान्वयनमा रहेको स्पष्ट पार्नुभयो । अहिलेको परमादेशी सरकारले थप बजेट विनियोजन गर्नुपर्नेमा केहि आयोजना तथा योजनाको वजेट कटौती गरी आफ्नो स्वार्थशिद्ध गरेको उहाँको भनाई छ ।

स्थानीय तहमा मौलाएको भ्रष्टाचार अन्त्य गर्न र विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँको भनाई छ । संघीयतापछि भ्रष्टाचार झनै मौलाएको उल्लेख गर्दै नेता ठगुन्नाले सबै नेता र जनप्रतिनिधिको सम्पत्ती छानबिन हुनुपर्ने र भ्रष्टहरुलाई कार्वाही हुनुपर्ने माग गर्नुभयो ।

नेता ठगुन्नाले शैल्यशिखरको आमसभामा गरेको भाषण हेर्न तलको लिकंमा क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?