डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्र्याक्टर चालक ज्ञानबहादुर चौधरी रहनु भएको छ ।

दुर्घटनामा परि अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल गम्भीर घाइते हुनुभएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जानकारी दिएको छ। ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?