पढ्दै कमाउँदै कार्यक्रममा दार्चुलाका दुई विद्यालय छनोट

दार्चुला । दार्चुलामा पढ्दै कमाउदै कार्यक्रमका लागी दुई विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागी सामुदायीक विद्यालयहरुसगँ प्रस्तावना माग गरिएकोमा दार्चुलाका दुई विद्यालयहरु छनौट भएका हुन् ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र दुहुँ गाउँपालिकाको जनविकास मावि बारबाँज पढ्दै कमाउदै कार्यक्रमका लागी छनौटमा परेका हुन् ।

लटिनाथ नमुना मावि चौपातामा कृषि तथा पशु कार्यक्रम र जनविकास मावि बारबाँजमा वाली विज्ञान कुर्षि सम्बन्धि कार्यक्रम लागु हुने बताईएको छ ।

कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न छनोट भएका विद्यालयका विद्यार्थीले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन्।

त्यस्तै वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?