चीनमा फेरी बढयो कोरोना संक्रमण

दार्चुला। चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । चीनमा आज आइतबार एकै दिनमा १३ हजार १ सय ४६ जना कोरोना संक्रमित फेला परेका छन् ।

यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोरोना पहिलो लहरपछिको अहिलेसम्मकै उच्च हो ।

चीनमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४ सय ५५ जनामा कोरोना लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।

कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको संघाईमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोरोना संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा १४ गतेदेखि दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?