दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन्। डडेल्धुराको तुफानडाँडास्थित नेपाली कांग्रेसको सम्पर्क पार्टी कार्यालयमा आइतबार बसेको गठबन्धन बैठकले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेको हो।
चुनावी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले गठबन्धनलाई प्रभाव पार्ने अभिव्यक्ति कसैले नदिने सर्वसम्मत निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंक अवस्थीले जानकारी दिनुभयो।
उनले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रमा सत्ता गठबन्धनले गरेको निर्णयको स्वागत गर्दै निरन्तर छलफल गर्ने निर्णय पनि गरिएको बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




