बेदकोट नगरपालिकाका मेयर चन्द एकीकृत समाजवादीमा प्रवेश

दार्चुला । नेकपा (एमाले)बाट निर्वाचित भएका कञ्चनपुर बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

आज ९आइतबार० बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित चार जना वडाध्यक्ष र २२ जना कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टीमा अपमानित र अपहेलित भएपछि त्यहाँ बस्नु उचित नठानेर एकीकृत समाजवादी रोजेको उहाँको भनाइ छ । चन्दले पार्टीभित्र दश बुँदे पक्षधर तथा पूर्वमाओवादीलगायत अनेक नामले अपमानित गर्ने काम भएको जिकिर गर्नुभयो

माधव कुमार नेपाल एमालेमा रहँदा चन्द उहाँ निकट नेता मानिनुहुन्थ्यो । २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लाग्नु भएका चन्द युवा संघको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।

एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य बन्नुभएको थियो। ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?