दार्चुलाका धामी डेढ किलो चरेशसहित पक्राउ

दार्चुला । दार्चुलाका एक पुरुषलाई कञ्चनपुर प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–६ पचरौलाबाट दार्चुलाको मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट से ४ प ९५११ नम्बरको पल्सर मोटरसाइकल र १ किलो ४२२ ग्राम लागुऔषध (चरेश) बरामद गरिएको प्रहरीले जनाएको छ । धामीलाई शंका लागि चेकजाँच गर्दा सुर्के थैलीभित्र कालो पलाष्टिकमा पोका पारी लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको बताइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?