झारफुकका क्रममा एक महिलाको मृत्युः सात जना पक्राउ

दार्चुला । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धान थालिएको बताउँदै घटनास्थलमा फलामका रडहरु समेत भेटिएको जानकारी दिएको छ। यस्तै मृतक महिलाको शरिरबाट छाला निस्किएको समेत आशंका गरिएको छ।

शुक्रबार महिलाको मृत्यु भएपछि प्रहरीले आज धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ। झारफुक गराइरहेकी स्थानीय ४३ वर्षीया रञ्चुला साउदको मृत्यु भएको हो। अहिलेसम्म प्रहरीले घटनाको अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामी धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको बताएको छ।

महिलाको मृत्यु उनकै जेठानी नाता पर्ने स्थानीय कमला साउदको घरमा भएको थियो। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनााएको छ। मृतक महिला केही दिनदेखि बिरामी थिइन्। उनी धामीझाक्रीकहाँ झारफुक गराइरहेकी थिइन्। एकल महिला रहेकी मृतक साउदका दुई छोरी छन्। घटनाको थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?