बझाङमा जीप दुर्घटना हुदाँ एकको मृत्यु, तीनजना घाइते

दार्चुला । बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उहाँको परिवार सवार जीप दुर्घटना भएको छ ।

जिल्लाको सुर्माबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२ः४० बजे वित्थडचिर गाउँपालिका देउलेख बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट धनगढी रेफर गरिएको छ । जीपमा ३ महिला र ६ पुरुष गरी ९ जना सवार रहेका बताइएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?