दार्चुला । कञ्चनपुरमा एक पुरुषले आफ्नै खुट्टामा बन्चरो प्रहार गरेका छन । शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका हुन्। उनले श्रीमती माइत बसेको झोँकमा आफ्नै खुट्टा छिनाएका छिमेकीहरुले बताएका छन्।
लुहारले छिमेकीको ट्युवेलमा राखेर खुट्टोमाथि बञ्चरो प्रहार गरेका इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। बञ्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको बताइएको छ।
लुहारलाई प्रहरीले महाकाली अस्पताल महेन्द्रनगर लगेको र उनको अवस्था खतरामुक्त रहेको जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया