दार्चुला । कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा फेरि भारतले हस्तक्षेप गर्न थालेको छ । पटक पटक नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षले केही दिनयता फेरि हस्तक्षेप थालेको हो ।
जिल्लाको बेलडाँडी गाँउपालिका ३ वैवाहका किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको बताइएको छ ।
नेपाल–भारत सीमा पिलर ७८५ क्षेत्रमा पर्ने मानसिंहको जमिनमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । उक्त क्षेत्रमा यसअघि पनि भारतीय अवरोध हुदै आएको थियो।
यस्तै बेलडाँडी ३ का वडाध्यक्ष दुर्गा चौधरीले उक्त जमिन वषौँदेखि नेपाली नागरिकले उपभोग गर्दै आएकोमा अहिले तारबार गर्दा भारतीय पक्षले तारबार उखेलिदिएको बताउनुभयो । भारतीय अवरोध बढ्दै गएपछि सो क्षेत्रका स्थानीय आन्दोलित भएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया