दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा प्रधानाद्यापकहरुको संयुक्त बैठक सम्पन्न भएको छ । लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बैठक सम्पन्न भएको हो ।
बैठकमा चालु शैक्षिक सत्र २०७८ को समिक्षा गर्नुका साथै नयाँ शैक्षिक सत्र २०७९ को शैक्षिक गुणस्तर सुधारसम्बन्धि रणनीति तय गरिएको लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशव ओझाले जानकारी दिनुभयो ।
लेकम गाउँपालिका भरीका विद्यालयका प्रधानाद्यापकहरुको सहभागिता रहेको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त बैठकमा लेकमका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट, वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिंह साउँदको आतिथ्यता रहेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया