दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ । पार्टीहरुबीच भागवण्डामा सहमति जुट्न नसक्दा गठबन्धन दलबीच मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
सिट बाँडफाँट नमिलेको कारण सहमति हुन नसकेको जनाइएको छ । सबै दलले आ–आफ्नै पार्टीले जित्ने दाबी गरेपछि कुरा नमिलेको हो ।
केही दिन अघि नै गठबन्धन गर्न नसकिने लिखित सहमति केन्द्रमा पठाएको एक नेताले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




