दार्चुला । बझाङको जयपृथ्वी नगरपालिका वडा नं.७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।
सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया