दुर्गादत्त मिश्र, दार्चुला । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको दार्चुलाका सबै पालिका प्रमुखमा कम्युनिष्ट पार्टीको बर्चश्व कायम भएको छ । विगतमा नेपाली कांग्रेशको बर्चश्व रहेको दार्चुलाका सबै स्थानीय तहमा कम्युनिष्ट पार्टीको झण्डा फरफराउदै लालकिल्ला बनेको छ । दुई नगरपालिका र तीन गाउँपालिका प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । चार गाउँपालिका अध्यक्षमा नेकपा (माओबादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । जिल्लाभरी कांग्रेश र माओबादी केन्द्रबिच गठबन्धन बनेको छ । माओबादीले नेतृत्व पाएका चार वटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ । भने कांग्रेशले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ । वडाहरुमा मिश्रित नतिजा प्राप्त भएको छ ।
व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेशका दिलिपसिंह बुढाथोकीलाई पराजित गर्दै धामी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै व्यासको उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मदवार माओबादीका विनोदसिंह कुवर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा कुवर पराजित हुनुभएको छ । व्यासको वडा नम्बर २ बाहेक सबै वडामा नेकपा एमाले विजयी भएको बताइएको छ । वडा नम्बर २ मा कांग्रेशका धिरनसिंह बुढाथोकी विजयी हुनुभएको छ । वडा नम्बर १ मा अशोकसिंह बोहरा, वडा नम्बर ३ मा उपेन्द्रसिंह धामी, वडा नम्बर ४ मा झुनसिंह बिष्ट वडा नम्बर ५ मा बिरसिंह धामी र वडा नम्बर ६ मा राजेश कुवँर एमालेबाट विजयी हुनुभएको छ ।
शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा शान्ति खडायत निर्वाचित हुनुभएको छ । नौँ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् । शैल्यशिखर–६ मा कांग्रेशका जगदिश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल (परदेशी), वडा नम्बर ३ मा पदम बहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ । मालिकार्जुनको वडा नम्बर १ मा एमालेका रमेस सिह वोहरा, वडा नम्बर २ मा एमालेका गणेस सिह धामी, वडा नम्बर ३ मा एमालेका मदन सिह धामी, वडा नम्बर ४ मा कांग्रेशका धन सिह धामी, वडा नम्बर ५ मा एमालेका मदन बहादुर चन्द, वडा नम्बर ६ मा कांग्रेशका गोकर्ण धामी, वडा नम्बर ७ मा कांग्रेशका बहादुर चन्द र वडा नम्बर ८ मा माओबादीका केशर सिह धामी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
लेकम गाउँपालिकामा माओबादीका रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका माधवी जोशी विजयी हुनुभएको छ । गठबन्धनलाई पराजित गर्दै लेकमको वडा नम्बर १ मा नवराज पन्त, वडा नम्बर ३ मा सुरेशसिंह थापा, वडा नम्बर ५ मा बलदेबसिंह बोहरा र वडा नम्बर ६ मा हरिबहादुर साउँदले एमालेबाट वडामा जित हासिल गर्नुभएको छ । वडा नम्बर २ मा शिवराज जोशी र वडा नम्बर ४ मा महेन्द्रराज जोशी कांग्रेशबाट निर्वाचित हुनुभएको छ ।
मार्मा गाउँपालिका अध्यक्षमा माओबादीका जमनसिंह धामी र उपाध्यक्षमा कांग्रेशका सर्मीला सिंह निर्वाचित हुनुभएको छ । मार्माको वडा नम्बर १ मा माओबादीका कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओबादीका अमरसिंह बिष्ट, वडा नम्बर ३ मा माओबादीका धिरेन्द्र धामी, वडा नम्बर ४ मा कांग्रेशका बिरसिंह धामी, वडा नम्बर ५ मा एमालेका सुरेन्द्र महता र वडा नम्बर ६ मा एमालेकै सन्तोषसिंह कोट्टारी विजय हुनुभएको छ ।
नौगाड गाउँपालिका अध्यक्षमा माओबादीका दलजितसिंह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेशका जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । नौगाड गाउँपालिका वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमालेको विजय भएको छ । दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी हुनुभएको छ । उपाध्यक्षमा कांग्रेशका शान्ति बम विजयी हुनुभएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २ को वडाअध्यक्षमा कांग्रेश, वडा नम्बर ५ मा माओबादी केन्द्र र वडा नम्बर ३ र ४ मा एमाले उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ । अपिहिमालको वडा नम्बर १ मा काग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की, वडा नम्बर ४ मा माओवादी केन्द्रका रविन्द्रसिह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिह धामी र वडा नम्बर ६ मा धर्मसिह धामी निर्वाचित भएका छन् ।
महाकाली नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्ट निर्वाचित हुनुभएको छ । महाकाली नगरपालिका–१ मा एमालेका मोहन सिह महरा, वडा नम्बर २ मा एमालेकै शंकर सिह डोबाल, वडा नम्बर ३ मा कांग्रेशका पदम सिह महरा, वडा नम्बर ४ मा एमालेका जगत चुनारा, वडा नम्बर ५ मा एमालेका दिलेन्द्र प्रसाद अवस्थी, वडा नम्बर ६ मा कांग्रेशका प्रेम बहादुर पाल, वडा नम्बर ७ मा एमालेका शोभान सिह रैखोला, वडा नम्बर ८ मा एमालेका भवान सिह धामी, वडा नम्बर ९ मा कांग्रेशका गजेन्द्र सिह कार्की विजयी हुनुभभएको छ । नौँ वडा रहेको महाकाली नगरपालिकामा छ वडामा एमाले र तीन वडामा कांग्रेशले विजय प्राप्त गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




