शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक छाप्न ढिलाइ

दार्चुला । सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योल छाएको छ ।

सरकारको ध्यान पालिका चुनावको तयारीमा मात्र केन्द्रित रहँदा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो हप्तासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको शिक्षकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूको बुझाइ छ ।

विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ विद्यार्थीको भविष्यमा अन्योल सिर्जना गरेको बताउनुभयो । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक नछापिएकोले विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताउनुभयो । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीका पुस्तक मागेर नयाँ विद्यार्थीलाई दिने योजना बनाएको उहाँको भनाइ छ ।

प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष चुनाव हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको बताउनुभयो । चुनावलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीको भविष्य र शिक्षाप्रतिको दायित्वबाट भने पन्छिएको उहाँको आरोप छ । आरोप लगाउनु भयो । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरुको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानाध्यापक कडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाब दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीको हातसम्म पुर्‍याउने वातावरण बनाउनुपर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण गएको दुई वर्ष पनि शैक्षिक क्षेत्रमा क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै जाँदा सरकारले समयमै पाठ्यपुस्तक दिन नसक्नु शैक्षिक क्षेत्रका लागि दुःखको कुरा भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?