दार्चुला। कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर आइतबार दुई बालकको ज्यान गएको छ ।
चटकपुर राजघाट जोड्ने पुलमुनि नदीमा नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानरपालिका–३ विशालनगरका १२ वर्षीय विष्णु गुप्ता र १० वर्षीय अनुप चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पुलमुनि नदीमा पौडी खेल्न जाँदा दुवै बालक डुबेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।
मृतकका शव पानीबाट निकालेर पोेष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया