दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा १० बर्षे शिक्षा योजना निर्माण कार्यशालाको आयोजना गरिएको छ । लेकम गाउँपालिका शिक्षा शाखाको आयोजनामा कार्यशालाको आयोजना गरिएको हो।
कार्यशालामा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, शिक्षा क्षेत्रमा लामो अनुभव बटुल्नुभएका पूर्व जिसिअ धनसिह धामी, नारायणकृष्ण श्रेष्ठ, कृष्ण क्याम्पस लालीका क्याम्पस प्रमुख केशवराज जोशी, लटिनाथ नमुना माबिका प्रधानाध्यापक केशवराज विष्ट, विभिन्न वडाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।
शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका नारायणकृष्ण श्रेष्ठ र धनसिह धामीलाई कार्यशालाको सल्लाहकारको रूपमा बोलाइएको थियो । कार्यक्रममा लेकमको शिक्षा क्षेत्र सुधारका अल्पकालीन र दीर्घकालीन योजनाहरूको बारेमा छलफल भएको बताईएको छ ।
पछिल्लो समय लेकमको शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न प्रयासहरू भइरहेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा अधिकृत केशव ओझाका अनुसार लेकमभरीका विद्यालयहरूमा यसै शैक्षिक सत्रदेखि कक्षा आठसम्म स्थानीय पाठ्यक्रम समेत लागू गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया