एजेन्सी । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको इन्दोरबाट महाराष्ट्रतर्फ गइरहेको बस अनियन्त्रित भइ नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।
बसमा ५० जना सवार रहेको र बाँकी यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आइरहेको एक बहानलाई साइड दिने क्रममा बस अनियन्त्रित भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्ति र घाइतेहरूलाई राहतको व्यवस्था गरिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया