दार्चुला । दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलामा पहिरो गएको छ । शुक्रबार बेलुकी धार्चुला मल्ली बजार क्षेत्रको सार्वजनिक सौँचालय नजिक गएको पहिरोले एक विद्यालय र केही घरहरूमा क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
क्षतिको एकिन विवरण आउन बाकी रहेको स्थानीयहरूले बताएका छन् । बर्षातमा बाढी, पहिरोको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन त्यहाँको स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ । तस्बिर: फेसबुकबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया