प्रास जोशीद्धारा जन्मदिनको अवसरमा ५७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका जिल्ला कार्यसमिति उपाध्यक्ष एबं अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

साउन १७ गते आज पर्न गएको जन्मदिनको अवसरमा प्राविधिक सहायक जोशीले अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मा रहेको शुर्मा भवानी आधारभूत विद्यालय थुम्ति र वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालय मरखोलामा अद्ययनरत ५७ जना बालबालिकालाई शैक्षिक सामाग्री उपहारस्वरुप वितरण गरिएको उहाँले बताउनुभयो ।

आबि थुम्तिमा कक्षा १ र २ मा अद्ययनरत २७ जना विद्यार्थी र अग्रेजी माद्यमबाट पढाइ गर्दै आएको आबि मरखोलामा नर्शरी, एलकेजी र युकेजीमा अद्ययनरत ३० जना विद्यार्थी गरी ५७ जना बालबालिकालाई उज्वल भविष्यको कामना गर्दै कापी, पेन्सील र कटर वितरण गरिएको उहाँले बताउनुभयो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?