दार्चुला । कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका एक दम्पतीको मृत्यु भएको छ। आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो।
बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया