कार्यसम्पादन मूल्यांकनः माबि चौपातासहित दार्चुलाका तीन विद्यालय देशकै उत्कृष्ट दशमा

दार्चुला । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजार ८६७ विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा उत्कृष्ट १० भित्र दार्चुलाका तीन विद्यालय परेका छन् । कार्यसम्पादन मूल्यांकनको आधारमा भूगोलको हिसाबले ग्रामिण क्षेत्रबाट सञ्चालित लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता देशभरिकै उत्कृष्ट १० औँ नम्बरमा परेको छ । लेकम गाउँपालिका–५ मा रहेको यो विद्यालय ६० जिल्लाका ४८६७ विद्यालयहरुमध्ये १०० पूर्णङ्कमा ८८.१९ अंक प्राप्त गर्दै उत्कृष्ट १० मा पर्न सफल भएको हो । भूगोलले विकट भएपनि शैक्षिक गुणस्तर, भौतिक पुर्वाधार र जनशक्ति व्यवस्थापनमा उत्कृष्ट रहेको मूल्यांकनले पुष्टि गरेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतको गुणस्तर प्रशिक्षण केन्द्रले विद्यालयहरुको विभिन्न मापदण्डका आधारमा परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो । स्थानीय र जिल्ला बाहिर समेतका गरी एक हजार बढी विद्यार्थी अध्ययनरत नमुना माबि चौपाता प्राविधिक र साधारण दुबै धारतर्फ विद्यार्थीको मन जित्न सफल भएको छ । चौपातामा कृिष डिप्लोमा बालि विज्ञान, कृषि डिप्लोमा पशु विज्ञान, डिप्लोमा इन फरेष्टि, प्री डिप्लोमा बालि विज्ञान र पशु विज्ञान गरी चालु शैक्षिक क्षेत्रमा पाँच वटा प्राविधिक कार्यक्रमको पढाइ हुदैछ । भौतिक सुविधाले सम्पन्न विद्यालयमा शैक्षिक गुणस्तरमा थप सुधारका लागि पहल भइरहेको प्रधानाद्यापक केशवराज बिष्टले जानकारी दिनुभयो । माबि चौपातामा विद्यार्थीको चाहाना र आवश्यकता अनुसार प्रयोगात्मकसहितको शिक्षण सिकाई हुने गरेको विद्यालयले जनाएको छ । यो विद्यालयमा अद्ययन गरेका धेरै विद्यार्थीले लोकसेवा आयोग पास गरेर सिफारिस भइसकेको र धेरैले विभिन्न क्षेत्रमा काम गरिरहेको पाइएको छ ।

दार्चुलाबाट उत्कृष्ट १० मा माबि चौपातासंगै तीन विद्यालय परेका छन् । मालिकार्जुन नमुना माबि धाप, महेन्द्र नमुना माबि खलंगा र लटिनाथ नमुना माबि चौपाता देशभरीमै उत्कृष्ट १० मा पर्न सफल भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ । दार्चुलाका अधिकांश विद्यालयहरु भने सामान्य स्थानमा छन् । उत्कृष्ठ १० मा पर्न सफल विद्यालयहरुले ८८ भन्दा माथि अंक पाएका छन् ।

यसै महिना सार्वजनिक गरिएको प्रतिवेदनअनुसार देशभरीमै सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ । यस्तै भक्तपुर व्यासीको एभरेस्ट ई. स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?