बझाङ जिप दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो, १६ घाइते

दार्चुला । बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै १६ जना यात्रुहरू घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना महिला र चार जना पुरुष रहेका छन् । पाँच जना घाइतेलाई धनगढी रेफर गरिएको छ ।

घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

अवस्थीका अनुसार अहिले घटनास्थलबाट घाइतेहरूको उद्धार प्रयास जारी छ । यद्यपि साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो । जिपमा क्षमताभन्दा बढी यात्रु रहेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?