विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो

दार्चुला । विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो ।

२०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त छ । संयुक्त राष्ट्र सङ्घको आकलनअनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?