डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ ।
रुवाखोलाको ९ख० मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि प्रधानमन्त्री देउवाले सबैलाई मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो । डडेल्धुरामा १ सय १ मतदान केन्द्र र १ सय ३९ मतदान स्थल रहेका छन् । साथै डडेल्धुरामा ९२ हजार मतदाता रहेका छन् ।
प्रधानमन्त्री देउवासँग स्वतन्त्र युवा इन्जिनियर सागर ढकाल र कांग्रेस वीपीका कर्ण मल्ल प्रतिस्पर्धामा रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया