दार्चुलामा गठबन्धनको विजय, प्रतिनिधिसभामा बडू र प्रदेशसभामा धामी निर्वाचित (मतसहित)

दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्नु भएको हो । एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनुभयो ।
दार्चुलामा प्रतिनिधि सभाका लागि ५७ हजार ६६३ मत खसेको थियो । नौँ जना उम्मेदवार रहेकोमा राप्रपाका नरेन्द्रसिंह धामीले ३८०, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामीले १९८, नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवालले ७८, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५, नेश्नलिष्ट पिपल्स पार्टीका धर्म सिह दयालीले ४७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेश राम लुहारले ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देव बहादुर बमले १३ मत प्राप्त गर्नुभयो ।

दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी विजयी हुनुभएको हो ।

प्रदेश सभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई एक ६७६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभयो । निर्वाचित धामीले १५ हजार १२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले एक हजार ४१८, राप्रपाका चक्र बहादुर बमले ३२७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मान बहादुर धामी एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । यस्तै राप्रपाका अमर सिह धामीले ३१७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत प्राप्त गर्नुभयो । दार्चुलामा प्रतक्षतर्फ प्रदेशसभामा ९ र प्रतिनिधिसभामा ९ जना गरी १८ उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेका उम्मेदवारबिच भएको छ ।

निर्वाचित भएपछि मन्त्री बडूले दिएको पहिलो प्रतिक्रियाका लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?