बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति, एलन मस्क दोस्रो र भारतका गौतम तेस्रो स्थानमा

दार्चुला । विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्।

नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ। मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ। उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ।

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्। उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन्।

फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो।

सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ। अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन्। उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?