दार्चुला । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बझाङका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको छ ।
झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया