दार्चुला । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । उहाँलाई प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानेका थिए ।
सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि मन्त्री दासलाई बचाउन नसकिएको डाक्टरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ भइरहेको बताइए पनि थप जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया