दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा तेश्रो पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको उपाधी दोगाडेदार २ मा रहेको रौलेश्वर मावि कफलकोटले हात पारेको छ । प्रतियोगितामा १७ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित रौलेश्वर माविले उपाधी हात पारेको दोगडाकेदार गाउँपालिका शिक्षा शाखाले जनाएको छ । उपाधीसंगै उसले २० हजार नगद ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको शिक्षा अधिकृत चक्रदेव जोशीले बताउनुभयो ।
यस्तै प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै केदार मावि पिपलकोट दोश्रो भएको छ । उसले नगद १५ हजार सहित ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै सनातन धर्म मावि श्रीकोटले ४ स्वर्ण, ८ रजत र ५ कास्य पदक जित्दै प्रतियोगितामा उसले तेश्रो स्थान प्राप्त गरेको छ । सनातनधर्म माविले नगद १० हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।
दोगडाकेदार गाउँपालिकाभरीका ८ वटा माद्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेल खेलाइएको थियो ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा सञ्चालित समापन समारोहमा पूर्व प्रदेश सांसद लिलाधर भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया