मलामी गएका युवा महाकालीमा डुबेर बेपत्ता

दार्चुला । मलामी गएका कञ्चनपुरका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।

शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देवसिंह बुडालले जानकारी दिनुभयो । आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन। सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ। तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?