दार्चुला । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन गरिरहेको बताउँदै अहिलेसम्म व्यवस्थापन नगरिएका कारण आन्दोलन गर्न बाध्य भएको बताउनुभयो।
उनकाअनुसार प्राध्यापकको माग गर्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएका छन् । उनीहरुले शुक्रबार राति समेत क्याम्पसमा धर्ना दिएका छन् । चर्को गर्मीबीच दिनभर खुला आकाशमुनी धर्नामा बसेका विद्यार्थीहरुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
स्वास्थ्यमा समस्या देखिएका तीन जनामध्ये तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटालाई अस्पताल भर्ना गरिएको विद्यार्थी चन्दले बताउनुभयो। उनी एक्कासी बेहोस भएर ढलेपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो ।
क्याम्पसमा कानून विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुटकोटको व्यवस्था गर्नुपर्ने, पाठय्क्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया