बझाङमा यार्सा सङ्कलक बिच झडप हुँदा दुई जना घाइते

दार्चुला। बझाङमा यार्सा सङ्कलक बिच झडप भएको छ। साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको हो।

बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो।

झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ भने दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?