कैलालीमा तालमा डुबेर एक युवकको मृत्यु

दार्चुला । धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?