दार्चुला । बझाङमा छोराले बाबुलाइ बन्चरो प्रहार गर्दा बाबु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुबा गम्भिर घाइते भएका हुन ।
१६ वर्षीय छोरा अमृत रोकायाले अन्दाजी ३०/३२ वर्षीय बुबा बिक्रम रोकायालाइ आज बिहान ३ बजे सुतेको अबस्थामा अनुहारमा बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
छोराले गाउघरमा पटक पटक झैझगडा गर्ने गरेकाले छोरालाइ झगडा किन गरेको भनेर साझ सम्झाएर सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेका थिए । घटना घटी सकेपछि सँगै सुतेकी आमाले छोरालाइ छुट्रयाउन खोज्दा आमालाइ पनि बन्चरोे प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश दत्त अबस्थिले जानकारी दिनुभयो । घाइते रोकायाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरीएको छ ।
अमृतले आमालाइ पनि बन्चरो प्रहार गर्दा पिठ्रयुमा ३ टाका लगाइएको जिल्ला अस्पताल बझाङले जनाइएको छ । बन्चरो प्रहार गर्ने अमृत फरार रहेकाे र खोजि भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया