डडेल्धुरामा १० वर्षीया बालिका मृत फेला

दार्चुला । डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।

नवदुर्गा गाउँपालिका–५ लम्पाटीका १० वर्षीया सानु बिक आज मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मंगलबार घरबाट बाख्रा चराउन हिडेकी सानु अबेर रातिसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो।

सानु नभेटिएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

अस्थायी प्रहरी पोष्ट ठाँटा बजारबाट खटिएको प्रहरी टोलीको सहकार्यमा खोजी गर्दा उनलाई मृत फेला पारेको प्रहरीले जनाएको छ।

घरभन्दा उनी करीब एक किलोमिटरको दुरीमा उनी मृत्त फेला परेकी हुन्।

बालिकाको मृत्युबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?