सन्दिप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

दार्चुला । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दिप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्।

नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी सोमबार अर्थात भोलि दक्षिण अफ्रिका जान सक्ने क्यानले जनाएको छ।

यसअघि पटक पटक मुद्धाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसंगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौंले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानका महाप्रबन्धक वृत्तान्त खनालले जानकारी दिनुभयो।

अहिले क्यानले लामिछानेको डकुमेन्टको काम गरिरहेको छ। एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?