दार्चुला । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।
सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानका ग्रामीण भेगमा सडकको दुरावस्था, चालकको मनपरी र प्रहरीको निगरानी नहुँदा यात्रा निकै नै जोखिमपूर्ण मानिन्छ ।
चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ । एजेन्सी ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया