दार्चुला । धनगढीबाट प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका–७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको जिपबाट अवैध माछा बरामद गरिएको जानकारी दिनुभयो ।
उनकाअनुसार चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको थियो ।
बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया